Gold
Bangad salyan

आजबाट पशुपतिनाथ मन्दिर अनिश्चितकालीन बन्द,

बैशाख १० ,काठमान्डौ – आजबाट पशुपति मन्दिर अनिश्चितकालीन बन्द, गरिएको छ। कोरोना संक्रमण नेपालमा बढ्दै गईरहेको हुँदा जोखिम कम गर्न अनिश्चितकालीनका लागि पशुपति मन्दिर बन्द गरिएको पशुपति विकाश कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाका अनुसार पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको हो।

२०७६ चैत ११ गतेदेखि ९ महिनासम्म कोरोना संक्रमणका कारण बन्द गरिएको पशुपति मन्दिर २०७७ पुस १ गतेदेखि खुल्ला भएको थियो।