भोज खान पुगेका १५ जनालाई कोरोना ,
बैशाख १५ ,काठमान्डौ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी पुगेका १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको पाईएको छ।
बिहे भोजमा सहभागी एक जनालाई संक्रमण फेला परेपछि अन्य ब्याक्तिको पनि परिक्षण गरिएको थियो। सोहि क्रममा १५ जनामा कोरोना संक्रमण फेला परेको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए ।
दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं. १० को सेवा प्रवाह पनि बन्द गरिएको छ । यस्तै नगरमा थप चार जनामा संक्रमण देखिएको छ भने बुधबारमात्र ५० जनालाई कोरोना देखीएको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ,झाका अनुसार उनीहरु काभ्रे ,पनौती र धुलिखेलका हुन्।