मेहेलकुना सिटि अस्पतालमा अक्सिजन सहितको २५ सैयाको बेड तयार हुँदै,
बैशाख २१ ,सुर्खेत – कर्णाली प्रदेश गुर्भाकोट नगरपालिका मेहेलकुना सिटि अस्पतालमा अक्सिजन सहितको २५ सयाको बेड तयार हुँदै छ।
कोरोना संक्रमणको महामारीलाई नियाल्दै मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त पहलमा अस्पतालमा २५ सैयाको बेड तयार गर्न लागिएको हो। नगरपालिकाका प्रमुख हस्त पुनका अनुसार यो कार्य करिब अन्तिम चरणमा पुगेको छ।
अस्पतालको अनुगमन गर्दै नगरप्रमुख पुन ,
तेस्तै पुनले अस्पतालको अनुगमन पनि गरेका छन्। अस्पतालमा बेडको तयारि गरेपनि अक्सिजनको भने कमि रहेको नगरप्रमुख पुनले बताए। हाल अस्पतालमा १२ देखि १५ वटामात्र अक्सिजन सिलिन्डर रहेको र बाँकी अक्सिजनको लागि आफुले पहल गरिरहेको उनले बताए।
तेस्तै नगरपालिका हाललाई भने कुनै क्वारिनटिनमा संक्रमित हरि छैनन्। बाहिरबाट आएका हरुमा भने तिब्र निगरानी बढाईएको र सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको प्रमुख पुनले बताए।
तस्विर :किरण ओली ,