Gold
Bangad salyan

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री ओली ,

बैशाख २२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरेका हुन्।अहिले छलफल चलिरहेको पनि उनले बताए।