बादलको तुलना खिमलालसँग हुन सक्दैनः शंकर पोखरेल
वैशाख २५ ,काठमान्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् ।
बादलको तुलनामा खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको छ ।
शुक्रबार बादलविरुद्ध एमालेकै खनाल–नेपाल समूहका खिमलाल देवकोटाले विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएपछि एमाले ओली समूहका नेता समेत रहेका पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले आफ्नो सामजिक सञ्जालमा लेखेका छन्।
जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुदैन भनेर हामी भन्छौ, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौ।

