Gold
Bangad salyan

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ

वैशाख २९ पोखरा – गण्डकी प्रदेश पुन: मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् । मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। मतदान हुने ठिक एक दिन अघिनै वैशाख २६ मा उनले राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आव्हान गरेकी थिइन् ।

उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका दुई सांसद खिमविक्रम शाही र कृष्ण थाले आफूहरु तटस्थ बसेपछि कांग्रेस संसदीय दलका नेता पोखरेलले बहुमत पुर्याउन सकेनन ।