अहिले सम्म मेरो गाउँ सुरक्षित छ ,हजुरको के छ ? सरिता सुवाकोटि
वैशाख ३० ,रुकुम पश्चिम – रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडान ३ नयाँ बस्ति अमचौरबाट सरिता सुवाकोटि परिवर्तन नेपालले कोभिड -१९ को बेला आम नेपाली सचेत हुनुपर्ने बताएकि छन्।
आफ्ना गाँउ घरका स्थानीय देखि देश विदेशमा रहने सबै नेपालीले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र अत्यावस्यकका काम नपरी घर बाहिर नहिड्न उनले अपिल गरेकी हुन्।
सारा नेपालीलाई भावुक बनाउने संदेश देदै उनले भनेकी छिन सर्वसाधारण जनता अस्पतालमा अक्सिजन नपाएर छटपटी अकालमै मरीरहेका छन।सरकारका नेता कार्यकर्ता आफ्नो दुनो टपरी बनाउने तर जनतालाई वेवास्ता गरेको उनको आरोप छ।
मेरो गाउँका सम्पुर्ण नागरिकलाई सानो अनुरोध पछिल्लो चरनमा निकै कोरिना भाईरस बढेको हुनाले मेरा सम्पुर्ण गाउँबासी आमा बुबा दाजुभाई दिदिबहिनी स्टमित्र साथीसंगी मलाई चिनुहुने अर्थात नचिनुहुने सबैमा मेरो अपिल केछ भने ।
सर्वसाधारण जनता अस्पतालमा अक्सिजन नपाएर छटपटी -छटपटी अकालमै मरीरहेका छन ।सामाजिक सञ्जाल खोलेर विहानै हेर्दा मेरो देशका गरिब दु:खी अनि अनार्थ सर्वसाधारण दाजुभाइ दिदिबहिनी आमा बुवा मात्र मरेको खबर सुन्दा आखाभरि आँसु अनि मन भरि दु:ख वेदनाले यो मन पोलि रहेको हुन्छ ।अनि जताततै उपचार नपाएर रोएको कराएको सरकार मलाउ बच्चाउ भनेको आवाज सुन्दा झै यो मन छिया छिया भएर छट्पटन्छि ।
कोरोनाको भुमरीमा ज्यान गुमाउने आखिर सर्वसाधारण जनतानै त रैछन .अहिले नेता मन्त्रीलाई जताको के मत्लब किन कि ? मन्त्री नेता अनि आफु चडने करोडौंका गाडी काडमाण्डौमा अनगिन्ती मुल्यका महल सबै सर्वसाधारण जताको पसिनाबाट आएको करले सबै पुगेको छ ।
अनि किन जनतालाई रुवाबासि लाई मत्लब गर्नुपर्यो मैले अहिले सम्म कुनै नेता मन्त्री कार्यकर्ता कसैको परिवार उपचार नपाएर मृत्युको सिकार भनेको देखेको सुनेको छैन ।
केवल देख्छु त् सर्वसाधारण जनता अनि सुकुम्बासी बस्ती हरुको आवाज मात्र ,.त्यसैले मेरो प्यारो रुकुम चौरजाहारी नयाँ बस्ती लगायत सम्पुर्ण मेरो देशका गरिब दु:खी अनि सुकुम्बासी सम्पुर्णमा मेरो अनुरोध। तपाईहरु आफ्नो स्वास्थको आफैले ख्याल गर्नुहोला किनकि यो सरकार भनेको मानवता हराएको सरकार हो।
यो सरकारलाई कुनै दया माया अनि भावना छैन भोलि अझै थाहा छैन कति मेरा नेपाली नागरिक उपचार न पाएर मृत्युको सिकार भएको यो आखाले देखनेछ त्यसैले हामी सबै को बिश्व महामारी कोभिड १९ कोरोनाबाट बाचनाको लागि आफै सचेत रहनुहोला ।र मेरो सानो गाउँ नयाँ बस्तीमा यो कोरोना नामको महामारी नपुगोस अहिले सम्म मेरो गाउँ सुरक्षित छ ।
कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी वडान ३ नयाँ बस्ति अमचौर
सरिता सुवाकोटि परिवर्तन नेपाल ,,

