केहि नेता कार्यकर्ताहरु पार्टीलाई विभाजनमा लैजानु आफ्नो धर्म ठानेका छन् : सांसद ध्रुवकुमार शाही
जेठ १३ ,सुर्खेत – नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुर्खेतका अध्यक्ष नेता तथा संसद सचिवालय सदस्य ध्रुवकुमार शाहीले नेतृत्व तहमा बसेकाहरुले वार्ता,सम्वाद र छलफलको माध्यमबाट पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउन आवहान गरेका छन्।
शाहीले आमुल परिवर्तनको पक्षमा विगतदेखि निरन्तर संघर्ष गर्दै आएको एमाले पार्टीनै भएको हुँदा अन्तिम अवस्था सम्म पार्टी एकतालाई जोगाउने प्रयत्न भईरहेको पनि बताए ।
अहिले एमालेको आन्तरिक विवादले पार्टी संकटमा परिसकेको र यसको समाधान बार्ता र संवादबाट खोज्नुपर्ने आवश्यक छ ,पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरु यही मर्म र भावनालाई आत्मसाथ गर्दै पार्टी एकतालाई थप सुदृढ गर्दै जिम्मेवारपुर्वक अगाडी बढ्नु पर्ने हामी सबैको कर्तव्य रहेको पनि उनले बताए ।
तर केहि पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरु नै पार्टी एकतालाई भाड्ने र पार्टी विभाजनलाई बल पुग्ने गरि गतिविधि गरिरहेको पनि उनले आरोप लगाए ।
केही नेता तथा कार्यकर्ताहरु पार्टीलाई विभाजनमा लानुनै आफनो कर्तव्य झै ठानेर पार्टीका विरुद्धमा अनेक गतिविधिहरु गर्ने, कार्यकर्ता पंक्तिलाई भ्रमित तुल्याउँने गरेको पाईएको छ। अतः यस्ता क्रियाकलाप गतिविधिमा नलाग्न, नगर्न, नगराउन शाहीले सुर्खेती जनतामा हार्दिक अपिल समेत गरेका छन् ।
यस्तो शाहीले गरेको अपिल
अपिल
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को आन्तरिक जीवनमा संकटहरु बढ्दै गइरहेका सर्वविधितै छ । बार्ता र संवादबाट समस्याको समाधान गर्नु आजको आवश्यकता हो । नेतृत्व तहमा बसेकाहरुले वार्ता,सम्वाद र छलफलको माध्यमबाट पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउँदै जानुपर्ने अवस्था छ ।
जुन कुरा हाल कमी भइरहेको छ । यस अवस्थामा पार्टी एकतालाई जोगाउने विषयको अन्तिम प्रयत्नहरु पनि जारी नै छन् । पार्टीका नेताहरु र आम कार्यकर्ताको चाहना पनि पार्टी एकता होस् भन्ने नै छ र हुनु पनि पर्छ । यसैमा सबैको भलो पनि छ । सबैको आशा र भरोसा साथै आमुल परिवर्तनको पक्षमा विगतदेखि निरन्तर संघर्ष गर्दै आएको पार्टी नेपाल कम्यूनिष्ट पार्टी (एमाले) नै हो । त्यसैले आगामी दिनमा पनि यस्को विकल्प छैन । यसै सन्दर्भमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरु यही मर्म र भावनालाई आत्मसाथ गर्दै पार्टी एकतालाई थप सुदृढ गर्दै जिम्मेवारपुर्वक अगाडी बढ्नु पर्ने हामी सबैको कर्तव्य हो । तर यदाकदा पार्टीका केही नेता तथा कार्यकर्ताहरु नै पार्टी एकतालाई भाड्ने र पार्टी विभाजनलाई बल पुग्ने गरि गतिविधि र क्रियाकलापहरु पार्टीकै जिम्मेवार तहका व्यक्तिहरुबाट भईरहेको देखिन्छ । केही केही नेता तथा कार्यकर्ताहरु पार्टीलाई विभाजनमा लानु नै आफनो कर्तव्य झै ठानेर पार्टीका विरुद्धमा अनेक अनेक गतिविधिहरु गर्ने, कार्यकर्ता पंक्तिलाई भ्रमित तुल्याउँने काम भएरहेको हुनाले आम सुर्खेतबासी आदरर्णीय पार्टीका नेता तथा कार्यकताहरु यस्ता गतिविधिमा नलाग्न, नगर्न, नगराउन हुन हार्दिक अपिल गर्दछु ।
यसको साथै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ले नेपालमा पारेको प्रभावलाई मध्यनजर गरी यसको नियन्त्रण गर्ने अभियानमा आआफ्नो ठाउँबाट लागि पर्न आब्हान गर्दछु । कोरोना भाइरसबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं ।
ध्रुवकुमार शाही
अध्यक्ष
नेपाल कम्यूनिष्ट पार्टी (एमाले), सुर्खेत
मिति २०७८।०२।१३

