Gold
Bangad salyan

कोरोना पुष्टि पछि वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

जेठ् १५, काठमान्डौ – वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

एक साताअघि कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको हो।गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएपछि देश देखि विदेशबाट उनलाई स्वास्थ्य लाभको कामना गर्ने हरुको लहर छ ।