कर्णाली सरकारमा सहभागी दुई मन्त्रीको सपथ आईतवार हुने
जेठ २१, सुर्खेत – कर्णाली प्रदेश सरकार सहभागी हुने नेपाली काङ्ग्रेसका दुई मन्त्रीको सपथग्रहण आइतबार हुने भएको छ ।
काँग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जानकारी दिएको हो ।
बिहिबार नेपाली काँग्रेस संसदीय दलले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम अनौपचारिक रुपमा सिफारिस गरेको थियो ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो ।

