Gold
Bangad salyan

राउटे युवतीमाथि गरिएका यौन दुर्व्यवहारसम्बन्धी भिडियो सामग्री तत्काल हटाउन अदालतको आदेश

जेठ २९ ,सुर्खेत – जिल्ला अद्लात सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबमा राखीएका भिडियो फोटोहरु तत्काल हटाउन आदेश दिएको छ।साथै यस्ता सामग्री राख्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार साइटहरु बन्द गराउन पनि आदेशमा भनिएको छ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ ,नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसारित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु, जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु।

साथै युट्युवलगायत सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरु हटाउन संघीय सरकार मार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ।

राउटे युवतीका विषयमा सामग्रीहरु प्रसारण प्रकाशन गर्नेविरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन पनि न्यायाधीश डा.आचार्यको आदेशमा भनिएको छ।

यस्तै संवेदनशील विषयमा जथाभावी सामग्रीहरु प्रसारण प्रकाशन गर्ने साइटहरु आवश्यकताअनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।