Gold
Bangad salyan

महाकाली नदिमा खतराको संकेत पार १५ घर डुबानमा

असार ६ ,महेन्द्रनगर – जल तथा मौसमविज्ञान महाशाखाले महाकाली नदीले खतराको तथा पार गरेकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

आज महाकाली नदिमा पानीको बहाब बढ्ने र केहि साना नदीमा पानीको सहतले तह पार गरि खतराको संकेत पुग्न सक्ने महाशाखाले पुर्वानुमान गरेको छ।

महाशाखाका अनुसार महाकाली नदिमा पानीको बहाब ईतिहासकै उच्च देखिएको हो। महाकाली नदीमा पानीको बहाव आइतबार दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ ।

महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका,१२ ऐरीघाटमा स्थानीयवासी सोनाह परिवार विस्थापित भएका छन् । विस्थापितलाई अहिले जनता प्राविमा आश्रय दिएर राखीएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले बताए।

त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्किन थालेको छ भने दोधारा चादँनी जोड्ने अस्थायी बाटो अवरुद्ध गराएको छ ।

महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका,१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । लगातारको वर्षाले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।

आज कँहा खतरा बढ्न सक्छ मौसम विज्ञान

May be an image of text