४० हजार घुसलिने सहायक वन अधिकृत कार्यालयबाट प,क्राउ
असार ७ ,काठमान्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित सहायक वन अधिकृत प,क्राउ गरेको छ।
निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेललाई घुस रकमसहित प,क्राउ गरेको अख्तियार अनुसन्धान आयोगले बताएको हो।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाइदिने भन्दै ४० हजार घुस माग गरेको उजुरीका आधारमा अख्तियारले उनलाई प्रकाउ गरेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो। प,क्राउ परेका पौडेलमाथि थप अनुसन्धान भईरहेको अख्तियार आयोगले जनाएको छ।

