बैरागी खोलाले रुकुमपश्चिममा ९ करोडको पक्कि पुल बगायो
असार ८ ,रुकुमपश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ बैरागीठाटिबाट सोलाबाङलाई जोडने बन्दै गरेको पक्कीसडक पुल भत्किएको छ।
बैरागी खोलामा आएको बाढीले बन्दै गरेको पक्की पुल बगाएको हो। पुलको सबै काम सक्कीए र ढलानको काम बाँकी रहेको बेला उक्त पुल क्षति ग्रस्त अवस्थामा पुगेको हो।
पुल निर्माणको ठेक्का पाएको इलाईट सुर्य कन्ट्रक्सनका प्रतिनिधि हिरा लामाका अनुसार पुल ढल्दा करिब ९ करोडको क्षेति भएको ।३५ मिटर लामो उक्त सडकपुल गतबर्ष निर्माण गर्ने भनेर ठेक्का लिएपनि समयमा निर्माण हुन नसक्दा कम्पनीले सडकपुल निर्माणमा बिभागले एक बर्ष थप गरेको थियो ।

