राउटे बस्तीको अनुगमनमा पुगे कर्णाली सरकारका प्रमुख सचेतक ठम्मर बिष्ट: विशेष नीति बनाईने

असार १० सुर्खेत – जंगलमा फिरन्ते जीवन बिताईरहेका नेपालको लोप्नमुख राउटे जातिको बस्तीमा कर्णाली प्रदेश सरकारका प्रमुख सचेतक सांसद ठम्मर बिष्ट पुगेर अनुगमन गरेका छन्।

सचेतक बिस्ट संगै सांसद कृष्ण साही , समाजसेवी बुद्दिजिवि अम्मर बिक, मिलन बिसि,सामाजिक विकास समितिका सदस्यहरु लगायत पार्टीको टिम हिजोमात्र सल्यानको कालिमाटी राउटे बस्तीमा पुगेको थियो।

राउटेहरुसंग भलाकुसारी गर्दै सांसद बिष्टले अब जंगलमा नभई समाजमा बस्न आग्रह गरेका थिए। छुट्टै राउटेहरुको बस्ती बसालेर भएपनि राउटे जाति र उनीहरुको संस्कारलाई बचाउन आफू प्रतिबद्द रहेको बिष्टले बताएका थिए ।

बस्तीमा पुगेपछि राउटेहरुको अवस्था निकै नाजुक रहेको र राउटेका बाल बच्चाहरुको भविष्य देख्दा आफूलाई चिन्ता लागेको उनले बताए।

राउटेहरुले समाजमा बस्न चाहे सरकारले उनीहरुलाई घर निर्माण समेत गर्न सक्ने र राउटेका बालबालिकाहरुलाई पढाई लेखाई गरी उनीहरुको भविष्य उज्वल पार्नमा सघाउने बिस्टको भनाई थियो।

सरकारले घर बनाएर दिए बस्नुहुन्छ भनेन बिष्टको प्रश्नमा राउटेका मुखिया ऐन बहादुर शाहीले घर बनाएर दिएमा नबस्ने कुरा पनि हुन्न भनेका थिए। तर सरकारले राउटे जातिकोलागि केहि नगरेको पनि होईन ।,

बिरामी भएर बाहिर सुतेका वृद्ध राउटे

उनीहरुलाई जतिनै सेवा सुविधा दिएपनि जंगलमा बस्ने र आफ्नै संस्कारमा हुर्कने आफ्नै भाषा,कच्छाड बेर्ने भएको यो जाति मानव बस्तीमा बस्न मन पराउदैन ।

जंगलमा गिठा ,भ्याकुर ,कन्दमुल खाने बाँदरको सिकार गर्ने र जंगलमा फिरन्ते जीवन बिताउने राउटे जाति नेपालको कर्णाली प्रदेशमा मात्र बसोबास छ ।लोप्नमुख राउटेको जनसंख्या हाल झन्डै १५० सम्ममा रहेको छ।