कर्णालीका मुख्यमन्त्री शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध
असार १० सुर्खेत – कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ ।
आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुन गृहजिल्ला कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ । शाहीसँगै भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाही पनि कालिकोट पुगेका थिए । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका छन । प्रहरीले विरोध प्रदर्शनलाइ नियन्त्रणमा लिएको छ।

