Gold
Bangad salyan

हाम्रो टिम नेपालका युवाहरुमाथि प्रहरीदमन हातपात र कुटपिट

असार १४ ,काठमान्डौ – हाम्रो टिम नेपालका युवाहरुमाथि प्रहरीले दमन गरेको छ। काठमान्डौको अनामनगर बिगमार्ट नजिक रहेको हाम्रो खाना घरमा प्रहरीले दमन गर्दै कुटपिट गरेर लगेको हाम्रो टिम नेपालका उमेश बोहराले रंग दर्पणलाई बताएका छन्।

नगरप्रहरी र नेपाल प्रहरी मिलेर खाना घरमा पुगेर युवा युवतीलाई जबर्जस्ति कुटपिट गर्दै ट्रकमा हालेको उनले बताए। उमेशका अनुसार हाम्रो खाना घर भत्काउने तयारी समेत प्रहरीले गरेको पाईएको छ।

निषेधाज्ञाको समयमा अनामनगरस्तिथित एक स्थानमा हाम्रो टिम नेपालले गरीद दिन दुखिलाई निशुल्क खाना खुवईरहेको छ। सोहि बेला अनामनगरबासिका एक स्थानि र नगरप्रहरीको मिलेमतोमा उनीहरुमाथि निर्घात कुटपिट गरेको छ।

अर्बौको क्षति भएको ठाँउ मेलम्ची हेलम्बुमा पुगेर समेत हाम्रो टिम नेपालले निशुल्क दैनिक ३ पटक खाना नास्ता चिया खुवाईरहेको छ।

उमेश बोहराका अनुसार प्रहरीको कुटपिटबाट आफू सहित केहि घाईते छन् भने सपना रोका मगर बेहोस अवस्थामा छिन उनलाई अहिले वीर अस्पताल उपचार भईरहेको छ भने अन्य साथीहरुलाई प्रहरीले भृकुटीमण्डपमा राखेको छ।

हाम्रो टिम नेपालले अनामनगरमा रु ६५ सादा खाना खुवाउने गरि हाम्रो खाना घर संचालनमा ल्याएको छ। यस्तै नेपालका विभिन्न जिल्लामा दुख पिडामा परेका गरिब दुखिलाई हाम्रो टिम नेपालले सहयोग गर्दै आईरहेको छ।