नारायणगढ- मुग्लिन सडक दुईतर्फी अवरुद्ध
असार १७, काठमान्डौ – पहिरो खसेपछी नारायणगढ मुग्लिन सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।
राती २ बजे तिर पहिरो खसेको र निरन्तर पानी परिरहेको हुँदा पहिरो हटाउन मुश्किल भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अहिले पनि निरन्तर पहिरो झरीरहेको छ ।

