पार्टी चलाउन नसक्ने प्रधानमन्त्रीले राष्ट्र हाँक्न सक्छु भन्नु गलत : राधेश्याम अधिकारी
काठमान्डौ – राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी जोगाउन नसकेको अवस्थामा राष्ट्र हाँक्न कसरि सक्छन भन्दै प्रश्न गरे ।
बिहीबार राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता अधिकारीले भने प्रधानमन्त्रीले आफ्नै पार्टी जोगाउन सक्नु भएन ।
एकीकृत पार्टी विभाजन गर्न पुग्नुभयो । पुरानै पार्टी पनि एक ठाउँमा राख्न सक्नु भएको छैन’, उनले भने, ‘आफ्ना सहयोगी सहकर्मीसम्म समेट्न नसक्नेले हामी प्रतिपक्ष लगायत सबैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नु होला भन्ने भरोसा र विश्वास कम्तिमा मैले गर्न सकिन ।
प्रधानमन्त्रीले जनताको संस्था संघीय संसद माथि विश्वास नगर्दानै परिणामस्वरुप आज पाँच सदस्यीय काम चलाउ सरकारको प्रधानमन्त्री भएर खुम्चिनु परेको अधिकारीले बताए। त्यस्तै औंले अगाडी भने राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्र गरेर पुग्ने हो ?
गणतन्त्रमा विश्वास गर्ने सवैले राष्ट्रपतिको संस्थाको रक्षा कवच हुनु परेन ? आज स्थिति के छ सम्वन्धित सवैले मनमनै गुनुन्। सदनको निमार्ण नै प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीको मतद्वारा निर्वाचित भई गरिने संवैधानिक व्यवस्था छ । त्यस मानेमा संघीयताको रक्षा गर्नु यो सदन (राष्ट्रिय सभा) को विशेष जिम्मेवारी भित्र पर्ने उनको भनाई छ।

