माओवादी विद्रोहले बिचल्ली पारेकी उषा थापाको बास्थान सामाजिक अभियन्ताले निर्माण गरिदीए
असार २८ ,बर्दिया – जनयुद्धले बिचल्ली पारेर सम्पर्क विहिन भएकि उषा थापा मगरको वास्थान सामाजिक अभियन्ताले निर्माण गर्दीएका छन्। हुम्ला जन्मथलो भएकि उषालाई १२ वर्षको उमेरमानै माओवादी विद्रोहले कलाकारितामा लगाएको थियो।
उषा थापा बर्दियाको गणेशपुर भिडन्तपछि भारत तिर भाग्दा पार्टीसंग संपर्क बिच्छेद भएकि थिइन्। पार्टीले कुनै खोजीनिती नगरेपछि उनि वैवाहिक जीवनमा बाँधीएकि थिइन्।
माओवादीको सरकार पनि नबनेको होईन, पटक -पटक सत्तामा रहँदा समेत उनको खोजि गरिएन। उनको पहिलो विवाह असफल भएपछि दोश्रो विवाह भएको थियो।

उषा थापाको पहिलेको झुप्रो
उनका ५ छोरा छोरी विचल्लीमा रहेको र खाने बस्ने बासस्थान समेत नभएपछि बर्दिया बढैयाताल गाउँपालिका- ९ को सहयोगमा ऐलानी जग्गा उपलब्ध गराएपछि झुप्रोमा जीवन बिताउदै आईरहेकी थिइन्।
उनको अवस्था जानकारीपछि सामाजिक अभियान्ताहरु घर निर्माणमा जुटेका थिए। २०७७ असोजमा उषा थापाको घर निर्माण अभियान थालनी भएर अहिले घर निर्माण भएपछि उषा थापा नव निर्माण घरमा बस्न थालेकी छिन्।
घर निर्माणमा जम्मा लागत खर्च रु ५ लाख ३१ हजार १६६ रहेको छ भने उनको घर निर्माणमा ३ लाख ८५ हजार जम्मा भएको थियो। बाँकी नपुग रकम रु १लाख ४६ हजार १६६ तराइ मधेस बिपन्न बस्ति निर्माण कार्यक्रमबाटर गाउँपालिकाबाट नगद सहयोग भएको छ।
उषा थापाको घर निर्माणमा सामाजिक अभियान्ता नेपाल सरकारका पूर्वसचिव भिम उपाध्याय ,ईशा गुरुङ्ग ,जानकी पन्त ,साबि पोख्रेल लगायतका थुप्रै अभियन्ता जुटेका थिए। सामाजिक अभियान्तामा जुटेको यो टिमले नेपालमा रहेका दुखि पिडित, बिरामीलाई सक्दो सहयोग गर्दै आईरहेको छ।
उषा थापा आजदेखि नयाँ घरमा प्रवेश गरेसंगै सबैले खुसि ब्यक्त गरेका छन्। भिम उपाध्याले यो अभियानमा स्थानीय अथक सक्रिय रही नेतृत्व गर्ने बर्दिया वडैयाताल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत अर्जुन सुबेदीलाई विशेष धन्यवाद दिएका छन् भने नगद जिन्सी सहयोग गर्ने देश देखि विदेशमा अरहनु सबै सबैलाई हार्दिक आभार गरिएको छ।

