सर्वोच्चको फैसलाबाट प्रतिगमन परास्त : जनार्दन शर्मा
असार २८ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाबाट प्रतिगमन परास्त भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि नेता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन् प्रतिगमन परास्त भ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
सोमबार सर्वोच्च अदालतले त्यसलाई बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्रमा नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारि गरेको छ।

