प्रचण्ड र विप्लवबीच खुमलटारमा भेट

असार ३० काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् ।

हिंसात्मक राजनीतिको बाटो रोजेको भन्दै केपी ओली सरकारले विप्लवलाइ राजनीतिक बन्देज लगाएको थियो। नेपाल प्रहरी र विप्लव कार्यकर्ताहरुबीच पटक पटक झडप गोलि हाना हान समेत भएको थियो।

ओली सरकारकै पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । आफ्ना थुप्रै कार्यकर्ताहरि अझै जेलमा अरहेको विप्लवले समूहले बताउने गरेको छ। प्रचण्ड र विप्लवबीच लामो समयपछि भेटवार्ता भएको हो।