एमालेमा खैलाबैला भीम रावलले सांसद पदबाट राजीनामा दिए
साउन ३ ,काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाट राजीनामा दिएको बुझीएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका रावलले किन राजिनामा गरे भन्ने बारे भने विस्तृतमा आउन बाँकी छ। यस्तै नेपाल खनाल पक्षले शेरबहादुर देउवालाई विश्वको मत दिने बताईसकेको छ।
देउवालाई प्रधानमन्त्री बनाउने भन्दै सर्वोच्च अदालतमा १४९ जनाका सांसद भीम रावल पनि हुन्। देउवालाई विश्वको मत दिने विषयमा संस्थागत निर्णय नगरेको भन्दै उनले राजिनामा गरेको बता। यस्तै राजिनामा गर्दै सांसद रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने बताए।रावल २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित हुन्।

