रुकुम पश्चिम् मनकला खड्काको ह,त्या प्रकरणमा उनकै भतिज सहित तीन प,क्राउ
साउन १४, रुकुम पश्चिम् – भैंसीलाई घाँस हाल्न गोठमा गएको बेला बलात्कार पछि ह,त्या गरिएकि रुकुम पश्चिमकी मनकला खड्काको मृ,त्यु प्रकरणमा उनकै परिवारभित्रका आफन्त पक्राउ परेका छन्।
उनीहरूलाई बुधबार राति प्रहरीले प,क्राउ गरेको हो।त्रिवेणी गाउँपालिका,४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का सोमबार राति मृत भेटिएकी थिइन्। उनको घाँटी रेटेर ह,त्या गरिएको थियो ।
मनकला सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा मृत भेटिएकी थिइन्।
उनको मृ,त्यु प्रकरणमा उनका परिवारभित्रका भतिजा नाता पर्ने एक जनासहित तीन जना प,क्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।पक्राउ परेका तीन जनामध्येमा एक जना मनकलाको जेठाजुको छोरा (भतिजा) घटनमा संलग्न भएको देखिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट मनकलाको गहना र अरू केही सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसंधान भैइरहेको प्रहरीले जनाएको छ ।

