आइ.टी. बिद्यार्थीहरु द्वारा आन्दोलन को घोषणा :

सुर्खेत असार ३ गते,

जब राज्य बाट राज्य कै जनता विभेद मा रहन्छन तब न्याय खोज्न कहा जाने ? त्यस्तै आज सुचना र प्रबिधि अध्ययनरत विद्यार्थी हरु विभेद मा परेको भन्ने आभाष गरि भिभिन्न चरण मा आन्दोलन गर्ने गरि विभिन्न कार्यक्रम अघि सारेको ICT club का अध्यक्ष सुबास बि सी ले बताएका छन् | अध्यक्ष का अनुसार आजको २१ औ शताब्दिमा आइपुग्दा र अन्र्तराष्ट्रिय जगत प्रविधिमय भइरहेको यो युगमा नेपाल सरकारले आइ.टि पढेका विद्यार्थीलाइ नराम्ररी विभेद गरेको छ । हालसम्म नेपालमा थुप्रै आइ.टि कोर्षहरु जस्तै Bsc. CSIT, BCA,BIT,BICTE,CE,Msc CSIT, MCA, MIT, MICTE, CITE, BCE, BIM आदि जस्ता एकेडेमिक आइ.टि कोर्षहरु सञ्चालित रहेका छन् । आजको युग प्रविधिमय युग हो त्यो नेपाल सरकारलाइ राम्रो स“ग थाहा छ र देश विकाशको मेरुदण्ड भनेकै आइ.टि. हो भन्ने थाहा हुदा हुदै पनि उसले धमाधम निजामति सेवा अन्र्तगतका आइ.टि सम्बन्धित पदहरु कटौति गरिरहेको छ । जस्तै ः कम्प्युटर अपरेटर ,सहायक कम्प्युटर अपरेटर खारेज गरिनु, सम्पूर्ण सेमेष्टर अन्र्तगतका आइ.टि कोर्षको पाठ्यक्रम लगभग समान भएता पनि नेपाल सरकारको निजामति सेवा अन्र्तगत रहेको आइ.टि अधिकृत पदको निम्ति कम्प्युटर इन्जिनियरिङ लाइ मात्रै मान्यता प्रदान गरिनु र विभिन्न मन्त्रालय अन्र्तगतका आइ.टि अधिकृत पद धमाधम खारेज गरिनु । यो आइ.टि अध्ययनरत विद्यार्थिहरुको भविष्य माथि जानि जानि गरिएको खेलबाड हो । अर्को कुरा त लाजमर्दो के छ भने ब्रुजुवा शिक्षाको घोर विरोध गर्दै बैज्ञानिक र विश्व बजारमा बिग्न सक्ने शिक्षाको अबधारणा राख्दै गरेका शिक्षा मन्त्रि ज्यू ले त कक्ष्ाँ ११ र १२ को परिमार्जित पाठ्यक्रममा कम्प्युटर विषय को हत्या गर्ने चेष्टा गर्नु भएको छ मानौ हत्या नै गरिसक्नु भएको छ । सरकारले आइ.टि. बिद्यार्थीलाई गरेको यो अन्याय को हामी सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुले घोर आपति ब्यक्त गर्दछौ र यो निर्णय तत्काल फिर्ता गर्न गराउन आन्दोलनको कार्यक्रम घोषणा गर्दछौ“ ।

हाम्रा मागहरु ः

१) नेपालमा सञ्चालित सम्पूर्ण आइ.टि कोर्षहरुको पाठ्यक्रमा एकै प्रकारको हु“दा हु“दै पनि सरकारले निजामति सेवा अन्तर्गत
सुचना प्रविधि अधिकृति पदमा कम्प्युटर इन्जिनियरिङ लाई मान्यता दिने गरेको निर्णय तत्काल खारेज गरि मापदण्ड पुगेका
सम्पुर्ण आइ.टि कोर्ष लाई सो पदको लागि मान्यता दिनुपर्ने ।
२. भर्खरै परिमार्जित ११ र १२ को पाठ्यक्रममा कम्प्युटर विज्ञानलाई बिशेष रुपमा पाठ्यक्रममा समाबेश गर्नुपर्ने ।
३) CTEVTअन्तर्गतका विभिन्न आइ.टि बिषय अध्ययन गर्ने विद्यार्थिलाई मध्यनजर गरि निजामति सेवा अन्तर्गत को कम्प्युटर
अपरेटर र सहायक कम्प्युटर अपरेटर खारेज गर्नुे निर्णय तुरुन्त सच्याइनु पर्ने ।
४) कक्षा ६ देखि १० कक्षा सम्म कम्प्युटर बिज्ञान बिषय सबै विद्यालयमा अध्यापन भइरहेको र अनिवार्य तथा आजको
आवश्यकता भएकोले शिक्षक सेवा आयोगले आबश्यकतालाई मध्यनजर गरि कम्प्युटर विषयको लागि पनि प्रयाप्त दरखास्त
आह्वान गर्नुपर्ने ।
५) देश बिकाशको मेरुदण्ड सुचना प्रविधि भएकोले विभिन्न मन्त्रालय अन्तर्गत रहेको सुचना प्रविधि अधिकृति को पद कटौति
गर्नको साटो आबश्यकता अनुसार बढाउनु पर्ने ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु ः

१) २०७५।०३।०३ गते कर्णालि प्रदेशमा आई.टि कोर्ष अध्ययन गर्ने विद्यार्थीहरुको र शिक्षकहरुको हस्ताक्षर संकलन गर्ने ।
२) २०७५।०३।०४ गते कर्णालि प्रदेशमा रहनुभएका सम्पूर्ण क्ष्त् एभचकयल हरुको हस्ताक्षर संकलन गर्ने ।
३) २०७५।०३।०५ गते जिल्ला शिक्षा कार्यालय र कर्णालि प्रदेशका सुचना तथा सञ्चार मन्त्रिलाई ज्ञापन पत्र बुझाउने ।
४) २०७५।०३।०६ गते कर्णालि प्रदेशका मुख्य मन्त्रि ज्यू लाई ज्ञापन पत्र बुझाउने र मुख्य मन्त्रि मार्फत केन्द्रिय मन्त्रिहरुलाई
ज्ञापन पत्र बुझाउने ।
५) २०७५।०३।०७ गते दोश्रो चरणको आन्दोलनको सुरुवात ।