जाजरकोटमा युवा कुट्ने वडा अध्यक्षलाई प्रहरीले प,क्राउ गरेपछि स्थानीय आन्दोलनमा उत्रीए
जाजरकोट – स्थानीय युवालाई डोरीले बाँधेर कुटपिट गरेका जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बुधबार प,क्राउ गरेपछि स्थानीयले उनकै पक्षमा विरोध गरेका छन्।
स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई दामाईलाई वडाअध्यक्षले कुटपिट गरेको भिडियो सामाजिक संजालभरि भाईरल भएपछि चर्को आलोचनासहित प,क्राउ गर्न माग गरिएको थियो।
प्रहरीले वडाअध्यक्ष नेपालीलाई उनकै घरबाट प,क्राउ गरि बिहीबार जिल्ला सदरमुकाम खलङ्गा पुर्याएको छ तर वडाअध्यक्षका मतदाताहरू भने उनको पक्षमा आन्दोलनमा उत्रिएका हुन्। मतदाताहरुले वडा अध्यक्षको पक्षमा नाराबाजी गर्दै तत्काल रिहा गर्न माग गरेका छन्।
बिहीबार वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरेका उनीहरु वडा अध्यक्षलाई रिहा नगरे सदरमुकाम पुगेर आन्दोलन गर्ने सामेत चेतावनी दिएका छन्। उनीहरुले झुट्टा आरोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ जस्ता नाराहरू लगाएर विरोधमा उत्रिएका थिए ।
प्रतक्षदर्शी स्थानीयका अनुसार भने वडाअध्यक्ष रामबहादुर नेपालीले सर्पे दमाईलाई कुटपिट नगरेको बताउछन। श्रावण १५ गते जुनीचाँदे गाउँपालिका वडा २ मा सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको थियो। उक्त बेला स्थानीय रङ्गे दमाईको कान्छो छोरा सर्पे दमाईले जाँड सेवन गरेर वडा कार्यलयमा हो हल्ला गरेका थिए।
वडा अध्यक्षले उनलाई बाहिर निकालेका थिए । सर्पेले जाँडको तालमा ढुङ्गा,काठहरु प्रहार गर्न थालेपछि उनीबाट बच्न खोजिएकोले डोरीले बाँधीएको हो कुटपिट भने गरिएको छैन।
भिडियो सार्वजानिक भएकै भरमा स्थानीय पतक्षदर्शीसंग कुनै कुरा नबुझेर वडा अध्यक्षलाई प,क्राउ गरिएको भन्दै स्थानि विरोधमा उत्रीएका हुन्। यस्तै पिडित भनिएका सर्पे दमाईले वडा अध्यक्षविरुद्द कुनै उजुरी दिएका छैनन्। प्रहरीले पिडितललाई पनि खलङ्गा बोलाएको जनाएको छ।