Gold
Bangad salyan

सुर्खेत क्याम्पस शिक्षाका गार्ड माथि ढुँगा प्रहार

भदौ,३१ सुर्खेत – सुर्खेत क्याम्पस शिक्षाका गार्ड विर्खबहादुर रावत माथि गएराती अज्ञात समूहले आक्रमण गरेको छ । क्याम्पसको सुरक्षार्थ खटिएका रावतमाथि बुधबार राती ९ बजेतिर अज्ञात समुहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

घटनाको जानकारी पछि तत्काल प्रहरी क्याम्पस पुगेर घटनामा संलग्नहरुको खोजी गरेपनि आक्रमणकारीहरु फरार भईसकेका थिए। घटनाको कारणबारे नखुलेको शाहीले बताए ।

रावतको टाउकोमा चोट रहेको र उनको अहिले उपचार भईरहेको प्रहरीले जनाएको छ । यता त्रिभुवन विश्वविद्यालय, प्रध्यापक संघ सुर्खेत क्याम्पस शिक्षा सुर्खेतले विज्ञप्ती जारी गरेर घटनाको भत्र्सना गर्दै तत्काल घटनामा संलग्न अपराधीहरुको खोजी गरी कारबाही गर्न माग गरेको छ।