Gold
Bangad salyan

गायिका इन्दिरा जोशीलाई हेलिकोप्टरबाट ओर्लीएर प्रेम प्रस्ताव

असोज ८ ,काठमाडौं – गायिका इन्दिरा जोशीले आफ्ना प्रेमीसंग इन्गेजमेन्ट गरेकी छन। उनका प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् ।

इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । इन्दिराले पहिले आफू प्रेममा रहेपनि प्रेमीको नाम भन्ने खुलाएकि थिइन्न।

फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी दुईको भिडियो टिकटकमा निकै चर्चितसमेत भइरहेको छ ।इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् ।

तस्विर :ईन्दिरा जोशीको ईन्स्ट्राग्रामबाट,