Gold
Bangad salyan

पाँच वर्षपछि ‘उही खोलीमा पानी २ सार्वजानिक सर्जक देखि निर्दॆशकलाई चुनौतीको विषय

असोज १६ ,काठमाडौं- नेपाली लोक तथा दोहोरि गीतमा पहिलोपटक १ करोड भ्युज पाउने गीत उही खोलिमा पानी बोलको गीत दर्शकले निकै मन पराएका थिए।

सो गीत दर्शकको रोजाई मात्र बनेन लोक तथा दोहोरि गीतमा पहिलोपटक १ करोड भ्युज पाएर ईतिहास नै रचेको थियो।सोहि गीतको पार्ट टु करिब पाँच वर्षपछी भिडियो मार्फत उही खोलीमा पानी २- जवानीको औषधि बजारममा पठाईएको छ।

हिजो मात्र सार्वजानिक गरिएको भिडियोलाई पनि दर्शकले उत्तिकै मन पराउने निर्माण टिमले जनाएको छ। बसन्त थापा र देवी घर्तीको स्वरमा रहेको गीतमा खेम पुनले संगीत गरेका छन् भने केशव पौडेलले शब्द लेखेका छन्।

गीतललाई अहिलेका निकै चर्चित निर्देशक चित्र मास्की मगरले निर्देशन गरेका हुन्। उही खाेलीमा पानी २ ”जवानीकाे औषधी” एउटा लाेभलाग्दाे सृजना, गाैरबशाली इतिहास बाेकेकाे साखलाइ जाेगाउन मेराे लागी चुनाैतीपुर्ण साथै सुनाैलाे माैका हो मास्की मगरले रंग दर्पणसंग भने।

यो गीत आफैमा यौटा ईतिहास रचेको गीत हो ,दर्शकको रोजाईमा परेको गीत हो। लामो समयपछि उही खाेलीमा पानी २ मलाई निर्देशन गर्ने अवसर आयो ,मैले आफ्नो मन मस्तिस्क लगाएर जाने जति गरेको छु बाँकी त दर्शकनै भगवान हुन् उनले थप भने।भिडियोमा लोमश शर्मा र रबिना भण्डारीको अभिनय छ । विवेक बिकको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ।