कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिदै
मंसिर १४ ,सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दल माओवादीक केन्द्रका १२, समाजवादीका ३ र कांग्रेसका ६ जना गरी २१ जना प्रदेशसभा सदस्यको समर्थनमा शाही कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका १३ र तटस्थ रहेको राप्रपाका एक जना सांसद रहेका छन्।
आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ । एमालेका सबै सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा चितवन भएकोले बैठकमा सहभागी हुन् नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जनाएका छन् ।