Gold
Bangad salyan

एमाले अध्यक्ष केपि ओली बालकोटमा कौसि खेती गर्दै

काठमान्डौ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गर्न थालेका छन।

सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेती गर्न लागेको बताइएको हो । घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको र आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको हो।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए । प्राविधिकहरुले  ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।