उपत्यकासहित देशका विभिन्न भागमा वर्षा र हिमपात
पुस २९ काठमान्डौ- राजधानी उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति देखि पानी र हिमपात परेको छ। वाग्मती प्रदेश , प्रदेश १, २ त्यस्तै लुम्बिनी प्रदेशमा पानी परेको छ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।
काठमान्डौका केही भागमा आज घाम लाग्ने छ भने भोलि देखि मौसम सफा हुँदै जाने मौसमविद् मञ्जु बासीले बताईन।
प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।हिमाली जिल्ला हुम्ला , डोल्पा मुगु, मनाअङ , मुस्ताङमा हिमपात भएको छ । भने पहाडी जिल्लाका उच्च भु भागमा पनि हिमपात परेको छ।