Gold
Bangad salyan

चर्चित गीत आई एम ई गर बोलका गायक गोपाल जी एमको कुन बजार घुमाईदिउ बोलको गीत बजारमा तहल्का पिट्दै

काठमान्डौ – गायक गोपाल जी एमको शब्द / संगीत र अभिनय रहेको कुन बजार घुमाइदिम बोलको गीत बजारमा सार्वजानिक भएको छ।

गायक गोपाल जी एम र मिलन नेवारको स्वर रहेको यो गीतमा गीता ढुंगाना र गायक आफैले अभिनय गरेका छन्।

गीतलाई सार्वाजानिक भएको छोटो समयमै दर्शकले धेरै माया दिएका छन्। पछिल्लो पुस्ताले गायक गोपाल जी एमलाई निकै खोज्ने गरेका छन्।

उनले विशेष गरि युवा जेनेरेसनले गाउने र नाच्ने खालका गीत बजारमा पठाउने गरेका हुन्छन। सयौ गीत बजारमा पठाईसकेका गायक गोपाल जी एमलाई भने आई एम ई गर दुई चार हजार बोलको गीतले दर्शकमाझ चिनाएको थियो।

उक्त गीतलाई दर्शकको माग अनुसार गायक गोपाल जी एमले आई एम ई टु समेत बजारमा ल्याएका थिए। गायक गोपाल जी एमका छोटो कट्टु, तरो चटक ,मारामार ,मेरो माया उल्का भो लगायतका गीतले चार्चा पाएका छन्।