Gold
Bangad salyan

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउने भएका छन्।

सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।