Gold
Bangad salyan

मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका उडिन

माघ १८,काठमान्डौ – नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका प्रस्थान गरेकी छिन ।

उनी श्रीमान्, छोरी र छोरासहित सोमबार राति अमेरिका उडेकी हुन् । मोडल गुरुङले क्षितिजपारि उनको बस्तीमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘घामले नि पोल्दियो जस्ता थुप्रै हिट गीत र नेपाल कथानक चलचित्र गोरखा पल्टनमा अभियन गरेर दर्शकको मन जितेकी छिन।फाईल तस्वीर

विशेषगरी गायिका विष्णु माझीको स्वर रहेका गीतको भिडियोमा उनको अभिनय हुन्थ्यो ।डेढ दशकभन्दा लामो समयदेखि मोडलिङमा सक्रिय रञ्जिताका पछिल्लो समय पनि एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका थिए ।

उनलाई लोकदोहोरी मोडल महेन्द्र गौतम, निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) लगायतको टिमले एयरपोर्टमा पुगेर बिदाई गरेका छन।

बिदाइको क्रममा रञ्जिताले आफू सन्तानको भविष्यका लागि पनि अमेरिका जान लागेको बताईन।

दर्शकले आफूलाई दिएको मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि काम गर्ने कोशिश रहने उनले बताईन।