Gold

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Naumule Migrate

चैत ४ – काठमान्डौ – बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिईएको छ। एक गायिकाले नाबालिग भन्दै शाहविरुद्दबलात्कार आरोप लगाएपछि उनीमाथि आनुसन्धान चलिरहेको छ।

गत १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गर्न पुगेका शाहलाई दुईपटक अदालतबाट म्याद थप भइसकेको छ ।

उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो,जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको छ । तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो ।

Naumule Badhipahiro