कांग्रेसका नेताहरुले चुरुफुरी गरे विकल्प खोज्छौ : प्रचण्ड
चैत ६ काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका उपसभापति धनराज गुरूङका अभिव्यक्तिप्रति आक्रोस पोखेका छन्। आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उनीप्रति लक्षित गर्दै गुरूङले सुन्नै गाह्रो हुने भाषा बोलेको बता।
‘कांग्रेसका एकजना गुरूङजी छन् नि! के रे.. हात्तीको उसमा चमेरा कि के भन्या छन् एउटा.. त्यस्तै भाषा क्या! बढो सुन्न गाह्रो भाषा बोल्ने, तिनलाई भन्या हो। त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ,’ प्रचण्डले भने। सत्तासाझेदारीबाट सरकारममा बसेको नेपाली कांग्रेसका नेताहरुले पछिल्लो समय नेकपा माओवादीका नेताहरुप्रति विभिन्न टिकाटिप्पणी गर्ने गरेका छन्।
कांग्रेसका नेताहरुले चुनावमा गठबन्धन नगरेर जाने बताउदै आईरहेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन संगै मिलेर जाने बताएक छन्। कांग्रेसका केहि नेताहरुले भने यसप्रति आपति जनाएका छन्। उपसभापति गुरूङले केही समयअघि विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘हात्तीको कानमा बस्न आएको चमेरो’ भन्ने अभिव्यक्ति दिएका थिए।
‘कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ। हात्तीको कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ उपसभापति गुरूङले भनेका थिए।
जसप्रति प्रचण्डले आज पोखरामा यसको जवाफ दिद्दै आफूहरुले विकल्प खोजिने पनि बताए। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाको सहकार्यमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्। अहिले पाँचदलीय गठबन्धनको सरकार ।
यस्तै प्रचण्डले चुनावी तालमेल तत्काल एमालेसंग नहुने र असम्भव पनि नरहेको बताएका छन्। कांग्रेसका नेताहरुको चुरुफुरी धेरै भए चुनावमा माओवादी केन्द्रले विकल्प खोज्ने पनि दाहाल प्रचण्डले बताए।

