Gold
Bangad salyan

गुर्भाकोट नगरपालिकामा मेयर हस्त पुनको नाम दोस्रो कार्यकालका लागि सर्वसम्मत पारित

वैशाख १०

सुर्खेत – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका मेयरका लागि नेपाली कांग्रेसबाट हस्त पुन र्निविरोध सिफारिस भएका छन्। पार्टीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुर्भाकोट नगरपालिका मेयरका लागि कांग्रेसबाट हस्त पुनको नाम सर्वसम्मत सिफारिस भएको हो।

नेपाली कांग्रेस गुर्भाकोट नगर कमिटि सभापति समेत रहेका हस्त पुन हाल पनि गुर्भाकोट नगरपालिका मेयर हुन्। पार्टीले दोस्रो कार्यकालको लागि उनलाई मेयरको उम्मेदवार सर्वम्मत बनाएको हो ।

कांग्रेसबाट मेयर दावी गरेका ७ जनाले सभापति पुनलाई समर्थन गर्दै दावी फिर्ता लिएपछि पुनलाई एक्लो र सर्वसम्मत मेयर उम्मेदवारी बनाएको हो ।

पहिलो मेयरका रुपमा कार्यरत रहँदा मेयर पुनले गुर्भाकोट नगरपालिकालाई कर्णाली प्रदेशमै उत्कृष्ट र दशकै तेस्रो उत्कृष्ट पालिका बनाउन सफल भएका थिए । गुर्भाकोटमा सडक विकास विस्तार, कृषि उत्पादन, पुर्वाधार निर्माण, शिक्षाको गुणस्तर र प्रशासनिक सुधारका लागि उत्कृष्ट र उदाहरणीय कार्य गरेका पुनलाई पार्टीले दोस्रो कार्यकालको ५ बर्षीय मेयर पदका लागि छनोट गरेको हो ।