Gold
Bangad salyan

कांग्रेसका उम्मेदवारसहितका नेता चढेको कार सडकमा पल्टियाे

गोरखा – जिल्लाको पालुङटार नगरपालिका ९ को कामीडाँडा भन्ने ठाउँमा नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार सडकमै पल्टीयको छ। प्रदेश ३–०१–०२४ च १५४० नम्बरकाे कार ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै पल्टिएको हो ।

कारमा कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार भेजराज पाण्डे, कांग्रेस गण्डकी प्रदेशकी सदस्य रविकला खनाल, मोदनाथ मरहट्टा लगायत नेता चढेको श्रोतले जनाएको छ।

रामज्योति प्रावि मतदान केन्द्र पुगेर फर्कन क्रममा ब्रेक फेल भइ अनियन्त्रित भएर पल्टिएको हो। कारमा सवार सबैको अवस्था सामान्य रहेको बुझीयको छ।