Gold
Bangad salyan

उपमेयरमा सुनिता डंगोलले गठबन्धनका उम्मेदवारलाई पछार्दै अगाडि बढीन

बैशाख ३१

काठमान्डौ – नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले अहिलेसम्म ५२० मत ल्याएर अग्रता कायमै राखेकी छन्।

११८० मतको गणना सकिँदा डंगोलले ५२० मत ल्याएको काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए।

यस्तै सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत पाएका छन्। राप्रपाकी उम्मेदवार विनिता मगैया १०५ मत पाएकी छन्। आँखीझ्याल चुनाव चिन्ह भएकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६६ मत पाएकी छन्।यस्तै लौरो चुनाव चिन्ह लिएर उपमेयरमा उठेका बेन्जी सिंह महर्जनले पनि ३३ मत ल्याएका छन्।