ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन द्दोब्बर मतले अगाडी

बैशाख ३१ ,काठमान्डौमा – ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् ।

जारी मतगणनामा करिब ४ सय मत गणना हुँदा महर्जनले २०५ मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९८ मत पाएका छन् ।

यस्तै उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन् । उनले १४४ मत पाएकी छिन् भने नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ४० मत पाएका छन् । ललितपुरमा कांग्रेस–माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।