Gold
Bangad salyan

गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्याको प्रयास

कार्तिक २१

काठमाडौं – गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन्। सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको पाईएको छ।

उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ ।

दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेको पाईएको हो। उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जनाएको हो।
दूतराजले आत्महत्या प्रयास गुर्नको कारण भने खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् ।दूतराजका जाम भो माइली, बैनी झ्यालैमा ,घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् ।