गायिका ज्योति मगर भन्छिन नाटक गर्न घाँस बोकेको होइन

कार्तिक १०

रोल्पा – गायिका तथा मोडल ज्योति मगरले फोटो खिच्न र नाटक गर्न घाँस नबोकेको बताएकि छिन। काठमान्डौमा भएको भए त रात भर दारु खाएर सुतिन्थ्यो होला उनले भनेकी छिन ।

दशै मनाउन आफ्नो जन्मभुमि रोल्पा पुगेको हुँदा उनले घाँस काटेको र आमा पनि खुसी भएको बताईन। यस्तै उनले “कपाल गुणा को केश,देश गुणा को भेष”गर्नुपर्ने आमाको उखानलाई सम्जेको पनि बताईन।

ज्योती लेख्छिन,
फोटो खिच्ने रहर ले घाँस बोक्या होइन नि हजुर खेती किसानी को छोरी लाई दाउरा घाँस बोक्नु अनिवार्य नै हुन्छ…नाटक गरेर फोटो खिच्ने भय त मेकअप गरेर चट्ट लुगा मिलायर विभिन्न पोज मा फोटो हानिन्थ्यो… जे होस यति गरे पछि आमा खुशी मेरो छोरी ले काम गर्या छ भनेर… उहाँ लाई के था म काठमाडौ मा रातभरी दारु हानेर दिन भरी सुत्छु भनेर… कता कता डर लाग्छ बाबा आमा संग कति कुरा लुकाउनु पर्दा फेरि उहाँ हरु ले सिकाको उखान याद आउछ “कपाल गुणा को केश,देश गुणा को भेष” कि कसो हो Subas Regmi दाजै…