Gold
Bangad salyan

भूकम्प पीडितको टहारा आगलागि हुँदा भैंसी गोरु जलेर नस्ट

मंसिर १९

जाजरकोट – जाजरकोटमा भूकम्पपीडितलाई बस्न बनाईएको टहरोमा आगलागि भएको छ। कुशे गाउँपालिका ५ खुर्पा टोलका भुकम्पपीडित निवासी विपन्न तेजबहादुर रावलको भुकम्पको घरमा हिजोराति १८ गते राति करीब ११:०० बजे तिर हावाहुरीको कारण घर आगलागी भएको हो।

आगलागीबाट घर र घरभित्र रहेको सबै सरसामान सम्पत्ति, २ वटा भैसी र एक हल गोरू पनि जलेर मरेका छन। रावलको ५ जनाको परिवारलाई बिनासकारी भुकम्पको आलो घाउ निको नहुदै (परिवार खुल्ला आकाश त्रिपाल मुनी सुतेको ) पिडा माथि पिडा खेप्न परेको छ ।

बालबालिकाले पढ्ने किताब कापी, स्कुल ड्रेससहित सबै, घर परिवारले दैनिक उपभोग गर्ने सम्पूर्ण रासन, लत्ताकपडा घरमा भएका चलअचल सम्पत्ति पूर्ण रुपमा नष्ट भएको छ। अहिले सो परिवारसंग कुनै चिज केही बॅाकी छैन्, एकदम अवस्था गाह्रो देखिन्छ ।

यस्तै तत्काललाई बस्ने बास, खाद्यान्न, बालबालिकालाई विद्यालय पठाउन स्कुल ड्रेस, किताब कापी, कलम समेत सहयोगको खॅाचो छ। यसका लागि करिब रू ३०/४० हजार तत्काल चाहिने भएको छ।

पीडितपरिवारलाई समाजसेवि भिम उपाध्यले रु ५ हजार स्शयोग गरेका छन भने सहयोग गर्न चाहने ब्याक्तीले समन्वय गर्न समेत उनले आग्रह गरेका छन।