काठमान्डौको बलम्बुबाट चरेस सहित दुई जना पक्राउ
पुष १
काठमान्डौ – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाण्डाैको बलम्बुबाट चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई २५ किलो चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको हो। पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
यस्तै, हिजै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थियोे ।

