Gold
Bangad salyan

अवतरण गर्ने क्रममा जहाजको चक्का फुस्केर झाडीमा पुगेपछि

चैत ७

धनगढी – धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा चक्का फुस्किएर झाडीमा पुगेको छ।

सोमबार काठमाण्डौँबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएर दुर्घटना हुनबाट जोगिएको हो।

जहाज अवतर हुने समयमा खसेको एउटा चक्का खोज्न विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारी नै खटिएपछि चक्का झाँडीमा फेला परेको हो।

जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ। जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।

उनका अनुसार हिजो यस्तो समस्या देखा परेपछि अहिले जहाज ग्राउन्डेड छ, प्राविधिकले जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ।