Gold
Bangad salyan

सन्ध्याले यसरि झुक्याईन जजहरुलाई ,,

भदौ ९ , काठमाण्डौ – नेपाल आईडल सिजन २ मा आ -आफ्नो प्रतिभा प्रस्तुत गर्ने क्रममा सन्ध्या बुढाको गीत सुनेर जजहरुनै अलमलमा परेका छन्। काउली बुढी बनेर अडिसनमा गीत गाँउदा जर्जहरुले तपाई एकछिन बाहिर बस्नुस हामि सोच्ने छौ ।अरु पनि हुनुहुन्छ भनेका थिय। केहि समयपछि काउली बुढी सन्ध्या बुढा बनेर आफुले अगाडी गायको गीतलाई रिपिट गर्दा सन्ध्यालाई जजहरुले प्रमाणपत्र दियर अगाडिको राउण्डलाई स्वागत गरेका थिय। फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा, कोरेर प्रेम पत्र बोलको गीत गायर,सन्ध्याले जजहरुको मन जित्न सफल भयकि थीइन। जजहरुलाई तब मात्र पत्ता लाग्यो जब उनि प्रमाणपत्र समायर निक्लिदा उनले कमेडी पारामा अगाडिको गीत दोहोर्याउदै धन्यवाद दियर गायकी थिइन् ।सुर्खेती कलाकार सन्ध्या बुढा २२ वर्षकी भईन। उनि एक राम्रो प्रतिभावान गायिका कमेडियन पनि हुन् ।उनले थुप्रै गीत रेकर्ड गरिसकेकी छिन। उनको हाँसस्यात्मक कार्यक्रम काउली बुढी शो पनि चर्चित कार्यक्रम हो ।सन्ध्या बुढा काउली बुढीलाई अब हुने राउण्डको लागि अग्रिम सुभकामना छ ।