Gold
Bangad salyan

सुनसरीमा गोली चल्दा फिदा हुसेनको हत्या ,,

मङ्सिर ५ , इटहरी – सुनसरीको दुहबीमा इँटा उद्योगका मेनेजर गोली प्रहारबाट मृतु भयको छ । बुधबार बिहान दुहबी नगरपालिका ९ मा रहेको जय बाबा इँटा उद्योगका मेनेजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो। मर्निङवाकमा रहेका हुसेनमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट घाइते भएका उनलार्इ उपचारका लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन्।

स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ ।