Gold
Bangad salyan

मिस वर्ल्डको चर्चामा छिन श्रृंखला खतिवडा ,,

मंसिर १२ , काठमाडौं – मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ३८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन्।

नेपालीहरुको गर्वको विषय ?

नेपालकी पहिलो मिस नेपाल (१९९४) रुवी राना मिस वर्ल्डमा श्रृङ्खला खतिवडा सहभागी हुनु र उनले विश्व सुन्दरीको ताज पहिरिनु नेपालकै लागि गर्वको विषय हुने धारणा राख्छिन्। उनी भन्छिन्, ‘श्रृङ्खलाले विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर विश्वसुन्दरीको ताज पहिरिनु नेपालको लागि ऐतिहासिक उपलब्धी हो। यसले छायामा रहेको नेपाललाई केही हदसम्म भए पनि मिस वर्ल्ड श्रृङ्खला खतिवडाको देश भनेर विश्वसामु चिनाउने काम गर्छ। यो सबै नेपालीहरुको लागि गर्वको विषय हो।