Gold
Bangad salyan

प्रेमदिवसमा कुन कुन चलचित्र रिलिज हुँदै छन् ,,

नेपालमा बढ्दो चलचित्र व्यवसायिक विकाशमा वर्षमा कति चलचित्र निर्माण हुन्छन त्यो एकिन गर्न गारो छ।तेस्तै चलचित्र ‘प्रेमदिवस’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

निर्देशक योगेश घिमिरेले यो चलचित्र वि.सं २०७६ सालको वैशाख १३ गतेबाट चलचित्र रिलिज गर्ने बताएका छन् । यो चलचित्रमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी मुख्य भूमिकामा छन् । म्यूजिकल लभ स्टोरी कथामा बनेको चलचित्रलाई वैशाख १३ मा रिलिज गर्ने गरि तयारी थालिएको निर्देशक घिमिरेले बताए । संजय न्यौपाने यो चलचित्रका निर्माता हुन् ।

यो मितिमा मह संचार र किरण केसीले बनाएको चलचित्र ‘दाल भात तरकारी’ पनि रिलिज हुने कुरा छ । यो बिषयमा घिमिरे भन्छन्,‘खै मलाई त्यो कुरा थाहा भएन । हामी वैशाख १३ मा आउने गरि तयारीमा छौ ।

उनले, यो बिषयमा ‘दाल भात तरकारी’का निर्मातासँग कुरा गर्ने योगेशले बताए । उनले दुई ठुला चलचित्र एकसाथ जुध्न नहुने बताए ।तेस्तै चलचित्र समर लभको पनि ‘प्रेमदिवसलाई लक्षित छ। मुस्कान ढकालको निर्देशनमा रहेको चलचित्र माघ २५ बाट प्रदर्शनमा आउने छ ।